काठमाडौँ – राष्ट्रयसभाको उपनिर्वाचनमा बाग्मती प्रदेशबाट एमालेका नेता रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न थर्काएको खुलासा गरेका छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. देवकोटाले चुनावबाट पछि हट्न थर्काउने, फकाउनेहरुको भ्वाइस रेकर्ड नै राखेको दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाएरथर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौंला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु । तर, म अडिग रहेँ ।’

तर, विचलित नभएकाले नै आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जोगिएको उनले बताएका छन् । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफूजस्ताबाट केही सिक्दा राम्रै हुने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पूरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर, बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।’

उनले निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिंड्न र बोली र ईमानमा कटिवद्ध हुन सुझाव पनि दिएका छन् ।