काठमाडौँ– झापाको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी अस्पतालको नामसंग जोडिएर आएको समाचारप्रति आपत्ति जनाएको छ ।


ADVERTISEMENT


सो कलेजले अस्पताल तथा प्रधानमन्त्रीको नामसम्म जोडिएर अनावश्यक रुपमा लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको र अस्पतालले त्यस्ता समाचारको घोर भत्सर्ना एवम् निन्दा गर्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


अस्पतालका कार्यकारी निर्देश दुर्गा प्रसाईले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिहरु अतिरञ्जितबाहेक अन्य केहि नभएको स्पष्ट पारेका छन् । यसका साथै उनले कोरोनाभाइरस संक्रमितहरु काठमाडौंबाट उपचारका लागि बिएण्डसी पुगे का बेला सो अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

सो मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको कार्य कानुनविपरित भन्ने व्यक्तिको भ्रमलाई तोड्दै उनले त्यस मनसायलाई समेत सोहि विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

जसमा भनिएको छ :

‘यस संस्थाले साविक कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी हुनु अगावै २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष दिएको निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९औं बैठकले यस संस्थालाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाडौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ वैशाख २२देखि २६ गतेसम्म कलेजेको प्रारम्भिक निरीक्षण गरि पेस गरेको प्रतिवेदनसमेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३(६)बमोजिम सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १३(६) बमोजिम यस बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।लाई सम्बन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा निमानुसार काम कारबाही अगाडि बढाएको विषयलाई अतिरञ्जित गरि विदेशमा बसि विदेशी दलाल र विदेशमा एमबिबिएस, एमबी पढ्न पाउने मानवतस्कर तथा माफियाको योजना बमोजिम नेपाली पूँजि र विद्यार्थीहरुलाई विदेश लैजाने र विदेशमै अलपत्र पार्ने त्यसको ज्वलन्त उदाहरण चाइनाबाट आएर अलपत्र परेका एमबिबिएस पढ्दै गरेका १५२ जना विद्यार्थी आज मेडिकल काउन्सिलका अगाडि इन्टनसिप पाउँ भनि हारगुहार गर्दै रोई रोई हिँडेको देख्न सकिन्छ । सुनियोजित योजनाअनुसार निजले यस किसिमको धम्कीपत्र सार्वजनिक गरेकोले निजको धम्कीपत्रबाट कुनै पनि राष्ट्रप्रेमी नेपाली भ्रममा नपर्न हुन हार्दिक अनुरोध गर्दर्छौं ।’