भारत– कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित देश हो भारत । कोरोनाको कारण तहसनहस बनाएको यहाँ अहिलेसम्ममा मात्रै संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ लाख नाघिसकेको छ ।


ADVERTISEMENT


पछिल्लो समय अक्सिजनको कमीका कारण धेरैले ज्यान गुमाएकाले यहाँ दाहसंस्कारका लागि समेत शवलाई लामबद्व राख्नुपर्ने अवस्था सिर्जना भएको थियो ।


ADVERTISEMENT

# # #


मङ्गलवार २४ घण्टाको अवधिमा मात्रै यहाँ एक लाख ९६ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ३,५११ जनाको ज्यान गएको छ।

यस माहामारीलाई छल्नका निम्ति भारत सरकारले राज्यमा लकडाउन समेत जारी गरेको छ । यद्यपि यस्तो महामारी एवम् लकडाउको जोखिमबीच पनि यहाँका वैवाहिक जीवनमा बाँधिने क्रमले भने निरन्तरता पाएको छ । त्यो पनि सांस्कृतिक एवम् परम्परागत रुपमा । यद्यपि कोरोना संक्रमणको प्रसारलाई दृष्टिगत गर्दै यसका लागि उनीहरुले अनेकैँ उपायहरु अपनाएको देखिन्छ । तीनै विभिन्न उपायमध्ये पछिल्लो समयमा एक उदाहरण ने बनेका छन्, आकाशमै विवाह गरेका जोडि ।

हो, सुन्दा अचम्म लाग्न सक्छ, तर, कोरोनाको संक्रमणबाट छल्न भारतको एक जोडिले विमान भाडमा लिएर आकाशमै विवाह गरेका हुन् । उनीहरु संगै विवाहमा अन्य १ सय ५० निम्तालुहरु समेत सरिक थिए ।

उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ। यद्यपि हाल भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको ‘द टाइम्स अफ इन्डिया’ दैनिकले जनाएको छ ।

ती जोडिले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएको जनाइएको छ ।

वायुसेवाका प्रवक्ताले भने, सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन् ।