काठमाडौँ – प्रधानमन्त्रीले प्रतिनिसभा विघटन गरेपछि आवश्यक रणनीति बनाउन सभामुख अग्निप्रसाद सोपकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरालगायतसँग छलफल गरेका हुन् ।


ADVERTISEMENT


छलफलबाट सदनको अस्तित्व जनताको अस्तित्व भएकाले यसमाथि कसैले खेलवाड गर्नुहुन्न भन्ने सन्देश दिएको नेपाली कांग्रेसका नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


छलफलमा आफूहरुले एकातिर व्यवस्था र अर्कोतिर कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने भएकाले संविधानको मर्म, भावना र अहिले जनताको आकांक्षा अनुसार छिटो फैसला दिने जिम्मेवारी अदालतका न्यायमूर्तिहरुको काँधमा आएको बताएको उनले जानकारी दिए ।

सभामुखले अरु कानुनविद्, सांसद, संसदमा रहेका दल, प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिसँग छलफल गरेर आवश्यक पहल चाल्नुपर्ने भए चाल्ने बताएको नेता पौडेलले बताए । उनले भने, ‘उहाँले परिआयो भने संसद र संविधानको रक्षाका लागि कुनैपनि प्रयासहरु गर्नसक्नुहुन्छ ।’

यस्तै पूर्वसभामसुख ओनसरी घर्तीले बैठकमा संविधानभन्दा पनि माथि रहेका जनताको असली प्रतिनिधित्व गर्ने संस्थामाथिको विघटन पूर्ण असंवैधानिक भएको बताएको उल्लेख गरिन् ।

उनले पाँच वर्षका लागि जनताले पठाएका प्रतिनिधिहरुको अपमान, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्तीको झझल्को दिने गरी गरिएको कार्यको घोर निन्दा गर्दै सभामुख ले सक्रिय भएर वातावरण बनाउनु पर्न सुझाव दिएको जानकारी दिइन् ।

प्रधानमन्त्री मात्रै नभई संविधानको रक्षकले नै संविधानको उल्लंघन गरेकाले जनताको प्रतिनिधिसभका सभामुखले चालेका कदममा साथ दिने वचन दिएको उनले बताइन् ।