काठमाडौँ – प्रतिनिधि सभा विघटन विरुद्धका रिटमा सर्वोच्च अदालतमा परेका रिटहरुमा आज सुनुवाइ हुँदैछ । सर्वोेच्चकाअनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका ३० मध्ये १९ रिटको आज सुनुवाइ हुन लागेको हो । बाँकी ११ वटा रिटको सुनुवाइका लागि शुक्रवार पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।


ADVERTISEMENT


गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी थिइन् । उक्त निर्णयकाविरुद्ध नेपाली काँग्रेससहितको विपक्षी गठबन्धनले १४६ सांसद्को हस्ताक्षरसहित उक्त निर्णयविरुद्धको रिट दर्ता गराएको छ ।


ADVERTISEMENT

# # #


विपक्षी गठबन्धनले संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेको छ ।