काठमाडौँ– बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातको प्रभाव नेपालमा बिहिवारदेखि नै देखिएको छ । जसकारण नेपालका विभिन्न स्थानमा उच्च हावाहुरीका साथै भारी वर्षा भइरहेको छ ।


ADVERTISEMENT


‘यास’ चक्रवातको प्रभाव नेपालमा यस किसिमको प्रभाव शनिवार दिउँसो सम्म देख्न सकिने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


महाशाखाका अनुसार, भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा चक्रवात अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा समेत देखिएको हो ।

चक्रवातबाट विकासित गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले यसको प्रभाव नेपालमा उच्च हुरीबताससँगै वर्षाको रुपमा देखिएको छ ।

यद्यपि यसको असर देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाको पूर्वानुमानमा उल्लेख गरिएको छ ।