काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रको व्यवस्था जसरी पनि हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्ध लड्नका लागि खोप नै निर्णयक भएकाले खोप जसरी पनि ल्याइने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको प्रधानमन्त्री ओलीले जनाए ।