काठमाडौँ – अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् ।


ADVERTISEMENT


प्रधामन्त्री ओलीले बिहाना ११ बजे बैठक डाकेको एक मन्त्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसामु अध्यादेश सिफारिस गर्नेछ । राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि आजै साँझ ४ बजे अर्थमन्त्री विष्णु पौडेलद्वारा बजेट सार्वजनिक गर्ने तयारी गरिएको छ ।

अर्थविद्हरुले पूर्ण बजेट नल्याउन सुझाव दिएपनि प्रधामन्त्री ओलीले पूर्ण आकारकै बजेट ल्याउने तयारी गरेको ती मन्त्रीले जानकारी दिए ।