काठमाडौँ – सरकारले चितवनको ठोरी (अयोध्यापुरी)मा राममन्दिर निर्माणका लागि बजेट छुट्याएको छ ।


ADVERTISEMENT


सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम बिनियोजन गरेका हुन ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म भारतमा नभई नेपालको चितवनस्थित ठोरीमा भएको बताउँदै आएका छन् । ठोरीमा भव्य मन्दिर निर्माणका लागि बजेट दिने बताएका थिए ।

उनले मन्दिरका लागि राम, सीता र हनुमानको मूर्ति समेत बनाएर चितवन पठाइसकेका छन् ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः