काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेट कार्यान्वयन गरेरै छाड्ने बताएका छन् । आइतबार बजेटमाथि छलफल गर्न मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुने कुरामा कुनै द्विविधा नराख्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘यो सरकारले यो बजेटको कार्यावयन गर्छ । यसमा कुनै प्रकारको द्विविधा राख्नुपर्ने आवश्यकता छैन ।’ उनले भोलिदेखि नै अलग अलग मन्त्रालयसँग सम्बन्धित योजना, कार्यक्रमहरुका र तिनको कार्यान्वयनका बारेमा अर्थमन्त्रालयको दृष्टिकोणका आधारमा छलफल गर्दै कार्यान्वयनको अभियानलाई तीव्रता दिने उनले बताए ।


ADVERTISEMENT

# # #


यस्तै अर्थमन्त्री पौडेलले सरकारले आगामी निर्वाचनलाई बजेटले महत्व दिएको बताउँदै त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । निर्वाचन स्वतन्त्र, निष्पक्ष ढंगले सम्पन्न गर्ने कुरामा सरकारको ध्यान रहेको बताउँदै उनले भने, ‘ निर्वाचन लोकतन्त्रको प्राण हो । त्यसका लागि हामी हाम्रो सम्पूर्ण सामर्थ्य परिचालन गर्छौं ।’

उनले अहिलेको आवश्यकतालाई हेरेर कोरोना रोकथाम तथा उपचारका लागि सरकारले बजेटमा प्राथमिकता दिएको उल्लेख गरे ।