मोरङ– औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक ३५ वर्षीय रवि कुमार रजक पक्राउ परेका छन् ।


ADVERTISEMENT


घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।