काठमाडौँ– छिमेकी मित्र राष्ट्र चीनले आफ्ना देशका लागि लागु गरिएको ‘दुई सन्तान’ को अवधारणालाई खारेज गरेको छ ।


ADVERTISEMENT


पछिल्लो समय जन्मदर घटिरहेको कारण देखाउँदै चीन सरकारले सो नीति खारेज गरी नयाँ नीति ल्याएको हो ।


ADVERTISEMENT

# # #


नव निर्माण नीतिका अनुसार, अब चीनका नागरिकले ३ सन्तानसम्म जन्माउन पाउँनेछन् । चिनियाँ समाचार संस्था रोयटर्सले जनाए अनुसार, चिनियाँ राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बसेको बैठकले सो नीति लागू गर्ने निर्णय गरेको हो ।

यस वर्षको सुरुवातमा गरिएको यहाँको जनगणनाको तथ्यांक अनुसार, यहाँको जनसंख्या सन् १९६० को दशकयताकै कम भएको बताइएको छ । हाल चीनको वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको छ भने यहाँको कुल जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ ।