काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने कुनै आधार नभएको जनाएको छ ।


ADVERTISEMENT


बजेटका बिषयमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेटले दीर्घकालीन दायित्व सिर्जना गरेको र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै अर्थतन्त्रको विस्तार पनि ६.५ प्रतिशत हुने सम्भव नदेखिएको जनाएको हो ।पार्टीको प्रतिक्रियाको पत्र पढ्दै कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने, ‘भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन सम्भव छैन । नागरिकको थाप्लोमाथिको ऋण अझ बढ्नेछ ।’


ADVERTISEMENT

# # #


उनले अध्यादेशमार्फत ल्याइएको बजेट सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृति बिना गर्न पाइन्न भन्ने लोकतान्त्रिक मूल्य र मान्यताविपरित रहेको टिप्पणी गरे ।

‘बहिर्गमनको बेला भइसक्दा पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै फिरेको छैन ।’ कांग्रेसको विज्ञप्ती पढ्दै नेता रिजालले भने, जेठ १५ सम्म ८ खर्ब ५९ अर्ब कूल खर्च गरेको, यो आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ६५ अर्ब कूल खर्च हुने अनुमान गर्ने सरकारले अर्को वर्ष यस्तो खर्च ३० प्रतिशतले बढाउने लक्ष्य राखेको छ । यो अन्त्यन्तै महत्वकांक्षी छ ।’

चालू आर्थिक वर्षमा २ खर्ब ५० अर्ब पूँजीगत खर्च गर्न नसक्ने सरकारले अर्को वर्ष उक्त खर्च ३ खर्ब ७४ अर्ब पुर्याउने लक्ष्य राखेको बताउँदै उनले भने, ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन । तर, आकाशका जुन तारा नै खसाल्छु भन्ने भ्रमको खेती गर्न अघिल्लो निर्वाचनमाझैँ जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेटमा प्रस्ट छ ।

सकारले बजेट वक्तव्यमा अघिल्लो वर्षदेखि कार्यन्वयनमा रहेका केही योजनाको फेरिहस्तलाई नयाँ योजनाको रुपमा प्रस्तुत गरेर निकै काम हुन लागेछ भन्ने भ्रम खोजेको कांग्रेसको आरोप छ ।

यो सकारले कार्यभार सम्हाल्दा सार्वजनिक ऋण ८ खर्ब ९ अर्ब रहे पनि देखाउन लायक कुनै उपलब्धी बिना नै त्यस्तो ऋण झण्डै दुई गुणाले बढेर १६ खर्ब पुग्न थालेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।

कारोनाबाट सन्त्रस्त नागरिकबाट आगामी वर्षमा ११ खर्ब ५२ अर्ब राजश्व संकलन गर्ने योजना विफल हुने निश्चित रहेको कांग्रेसको भनाई छ । आगामी वर्षमा प्रक्षेपित चालू खर्च घट्ने आधार नरहेकाले पूँजीगत निर्माणका लागि आवश्यक रकम जोहो गर्न सम्भव नहुने कांग्रेसको तर्क छ ।

अघिल्लो वर्षको माघमा प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने बताए पनि चार महिनासम्म देशभर २ लाख ३२ हजार नागरिकले मात्रै दवै डोज खोप लगाउन पाएको उनले बताए । खोप लगाउने, कोरोना संक्रमण फैलिन नदिने, संक्रमितको उपचार गर्ने जिम्मेवारी बजेट किताबमा रकम छुट्याएर मात्रै पूरा नहुने कांग्रेसको टिप्पणी छ ।