काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा संसद् विघटन मुद्दाको गठन वरिष्ठताको आधारमा गर्न सहमत भएका छन् ।


ADVERTISEMENT


प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच मंगलबार भएको छलफलपछि उनी संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा गठन गर्न सहमत भएका हुन् ।


ADVERTISEMENT

# # #


आज बसेको बैठकले वरिष्ठताका आधारमा मुद्दाको गठन गर्ने निर्णय गरेको बताउँदै सर्वाेच्च बारका अध्यक्ष पुर्णमान शाक्यले भने, ‘संवैधानिक इजलास गठन सम्बन्धमा भएको निर्णय अनुरुप इजलासको नियममै आवश्यकता परिवर्तन गर्दै वरिष्ठताको आधारमा संवैधानिक गठन गर्ने निर्णय गरेको छ ।’ उनले सो आधारमा गठन गर्दा कुनैपनि वरिष्ठ सदस्यलाई स्वास्थ्यजन्य समस्या वा अन्य कारणबाबजुद बस्न नसकिएको खण्डमा भने कारणसहित सो सदस्यले जानकारी दिएको खण्डमा सो सदस्यभन्दा तल रहेको अर्काे सदस्यलाई ल्याई इजलास गठन गरिन सक्ने समेत जनाएका छन् ।

बैठकले सिनियरिटीको आधारमा गरिने संवैधानिक इजलास गठनसम्बन्धी नीति  एक हप्ताभित्र आउने भएको छ भने, यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ ।