काठमाडौँ– चौधरी ग्रुप(सिजी) कम्पनीले आजबाट आफ्नो इन्टरनेट सेवा शुरु गरेको छ ।


ADVERTISEMENT


विभिन्न क्षेत्रमा आफ्नो लगानीबाट प्रभुत्व जनाउँदै आएको सीजी ग्रुपले सिजीनेटको उद्घाटन गर्दै आजदेखि काठमाडौँमा सेवा सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले सस्तो शुल्कमा उच्च सेवा प्रदान गरिने जनाएका छन् । यस्तै, हाल काठमाडौँमा शुरु गरिएपनि छिट्टै अन्य जिल्लामा सिजीनेटको विस्तार गरिने कम्पनीको भनाई छ ।

सेवाको शुरुवाती अवसरमा कम्पनीले ३, ६ र १२ महिनाका विभिन्न प्योकज सुविधासहित १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको भने वार्षिक शुल्क ११ हजार ९८८ रुपैयाँ मात्रै रहेको छ ।