काठमाडौँ – फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा रडाको मच्चिएको छ । पार्टीका उपेन्द्र यादव–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच एक अर्कालाई कारबाही गर्ने प्रतिस्प्रधा सुरु भएको छ ।


ADVERTISEMENT


उपेन्द्र पक्षले महन्थ ठाकुरसहितका ४ जनालाई पार्टीबाट निष्काशन गरेको केही घण्टामै महन्थ पक्षले पनि उपेन्द्रलाई पार्टीबाट निष्काशन गरेको छ । अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले उपे्रन्द यादवले पार्टीको विधान, नीति र निर्णय विपरित काम गरेको भन्दै अनुशासनको कारबाही गरेका हो ।


ADVERTISEMENT

# # #


पार्टीले पटक पटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको भन्दै उपेन्द्रलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।