नेपोलीले इटालीको सिरी ए मा आफ्नो अपराजित यात्रा बुधबार राति कायम राख्यो र जेनोआलाई हराएर फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । नेपोलीले घर बाहिर ३–२ को जित निकालेको हो ।


ADVERTISEMENT


नेपोलीको १० खेलबाट २८ अंक भएको छ । उसको पछाडि इन्टर मिलान २६ अंकमा रहेको छ । त्यसयता युभेन्ट्स र लाजियो छन् । दुवैको समान २५ अंक छ ।


ADVERTISEMENT

# # #


दिनको अर्को महत्त्वपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले एपीएएललाई ४–१ ले हरायो । लाजियोले भने बोलोग्नालाई २–१ ले पन्छायो । यस्तै एसी मिलानले किएभोलाई ४–१ ले पराजित गर्न सफल रह्यो । – आजको कान्तिपुरबाट