काठमाडौँ – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले मुलुकको आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भिरतापूर्वक कार्यसम्पादन गर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड नै उर्जा र जलश्रोत क्षेत्र भएको भन्दै आफुले आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भिरतापूर्वक कार्यसम्पादन गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले मन्त्रालयको कामलाई चुस्त र प्रभावकारी बनाउने र यसका लागि अन्य मन्त्रालयसंग समन्वय र सहकार्य गर्ने बताए । ‘यो मन्त्रालयको सबै कुरा मैँले बसझ्न बाँकी नै छ ।’ उनले भने, ‘तर पनि यो मुलुकको आर्थिक क्रान्तिको मेरुदण्डका रुपमा रहेको मन्त्रालय हो । त्यस कारण यहाँ भइरहेका कामकारवाहीलाई चुस्त, प्रभावकारी बनाउने र सबैको सहयोग लिएर मन्त्रालयलाई अघि बढाउने हो ।’

मन्त्री भण्डारीले मुलुकको विकासको अभियानमा प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्न आफुहरु सरकारमा आएको जिकिर गरे । उनले आफुहरुको माग मुद्धाहरु प्रधानमन्त्री ओलीले सम्बोधन गरेका कारण नै सहकार्य गरेको धारणा राखे ।

त्यस्तै कार्यभारपछि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गम्भीरतापूर्वक कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । उनले ऐन नियम र कानूनको परिधिभित्र रहेर कार्यसम्पादनलाई अघि बढाउनुपर्नेमा जोड दिए । मन्त्रालयले अघि सार्ने योजनाहरुमाथि छलफल गरेर कार्यन्वयन गर्न दृढतापूर्वक लाग्न पनि उनले निर्देशन दिए ।

आइतबार नै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीले पनि सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।