टेक्सास– अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् ।

स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


चितवनका बासिन्दा रहेका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताएका छन् । नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न थिए । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो । रासस

प्रतिकृया

प्रतिकृया