श्याम ठाकुर, सिरहा । सिरहाको मिर्चैयामा औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार घटनामा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिइएको छ ।


ADVERTISEMENT


घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धानमा असर पर्ने हुँदा नियन्त्रणमा रहेकाको नाम अहिले सार्वजनिक गर्ने नमिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए ।


ADVERTISEMENT

# # #


शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएको मौका छोपी पैदलै आएको अज्ञात समूहले औषधि पसलमै बसिरहेका ४० वर्षीय साफीमाथि गोली प्रहार गरी फरार भएका थिए । स्थानीय साफी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालक हुन् ।

गोली उनको वायाँ हात र तिघ्रामा लागेको छ । शनिबारै साँझ मिर्चैयास्थित अस्पताल मङ्गलम हेल्थ केयर प्र।लि। मिर्चैयामा थप उपचार हुदै छ । उनको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यस्तो घटना साफी माथी ३ पल्ट भईसेको छ । अहिलेसम्मको अनुसन्धानका क्रममा उस्को परिवारभित्रकै मान्छेले गोली चलाएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।  यसैकोणबाट अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।