काठमाडौँ – नेकपा एमाले माधव कुमार नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्दैछ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार आफू २०७५ जेठ २ मा फर्कन तयार भएको भन्दै एकताका लागि प्रस्ताव गरेपछि नेपाल–खनाल समूहले उक्त प्रस्तावमाथि छलफल गर्न बैठक डाकेको हो ।


ADVERTISEMENT

# # #


सोमवार भच्र्युल माध्यमबाट स्थायी कमिटी बैठक तय गरिएकोमा समय यकिन भइनसकेको नेपाल समूहका एक नेताले जानकारी दिए । आइतवार प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गर्दै नवौँ महाधिवेशनको कमिटी ब्युँताउन तयार भएको बताएका थिए ।