काठमाडौँ – यातायात व्यवसायीहरुले अब निषेधाज्ञा लम्बिन नहुने बताएका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाएर निषेधाज्ञा खोल्नुपर्ने बताए ।


ADVERTISEMENT


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको बताए ।


ADVERTISEMENT

# # #


अघिल्लो वर्ष पनि सरकारले लकडाउन गरेपछि थुप्रै व्यवसायी विस्थापित भएको उनले बताए । यातायात क्षेत्रमा दैनिक मजदुरी गरेर साँझ चुल्हो जल्नेको संख्या ठूलो भएको बताउँदै उनले यातायात क्षेत्रलाई राहत उपलब्ध गराउनपर्ने बताए ।

अघिल्लो वर्ष सरकारले शुरुमा अतिप्रभावित क्षेत्रअन्तरगत यातायात क्षेत्रलाई राख्यो उनले भने, तर पछि मध्यम प्रभावितमा राखेर राहत दिएन । उनले अब पनि यातायात क्षेत्रलाई राहत पनि नदिने र निषेधाज्ञा पनि लम्ब्याउँदै जाने हो भने गाडीहरु सरकारलाई बुझाउनुको विकल्प नभएको बताए ।