काठमाडौँ – काठमाडौं उपत्यकासहित देशभर ६४ वर्ष उमेरका व्यक्तिलाई मंगलबारबाट कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन सुरु गरिएको छ ।


ADVERTISEMENT


खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यका बाहिरको हकमा भने ६२ देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिले खोप लगाउन पाउने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिका वडा नंवर १० का अध्यक्ष राम कुमार केसीले सरकारले तोकेको मापदण्ड अनुसार नै खोप लगाउनु सुरु गरेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन सुरु गरिएको हो ।