काठमाडौँ – गत बैसाख १५ मा अविश्वासको प्रस्तावको तयारी हुँदा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री बनाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । मुख्यमन्त्री दोहोरिएपछि एक महीनाभित्र विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन लागेको एक दिन अघि मात्रै सत्ता पक्षको साथ छाडेका छन् ।


ADVERTISEMENT


योसँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।


ADVERTISEMENT

# # #


विपक्षीको पनि बहुमत नपुग्ने भएपछि र मुख्यमन्त्री गुरुङले आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मध्यावधि चुनाव घोषणा गर्ने तयारी गरेका थिए । विश्वासको मत लिनुभन्दा एक दिन अघि बुधवार गुरुङले मन्त्रिपरिषद् बैठक डाकेकोमा उक्त बैठकमा मनाङे अनुपस्थित थिए । उनी विपक्षी गठबन्धनतर्फ लागेको पाइएको छ ।

मनाङले विपक्षी गठबन्धनमा लागेसँगैँ कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने पक्का हुने देखिएको छ ।