काठमाडौँ – भारतीय सेनाले नेपाली सेनालाई करिब २९ करोड बराबरको स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरेको छ ।


ADVERTISEMENT


शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामामा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्याएको योगदानको सराहना गरे ।

भारतीय सेनाले दिएको भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परिक्षण किट लगायतका स्वास्थ्य सामाग्री जेष्ठ २७ गते काठमाडौं ल्याइएको थियो ।

गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारी विरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ । भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो ।