काठमाडौँ – नेपाल फाईनान्स लिमिटेडको दोश्रो विशेष साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाको केन्द्रीय कार्यालय कमलादीमा भौतिक तथा अभौतिक (भर्च्युअल) माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


विशेष साधारण सभामा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


सो विशेष साधारणसभाबाट नेपाल फाईनान्स लि. ले ललितपुर फाईनान्स लि. लाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न लायतका कार्यका लागि नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

क्त सभामा शेयरधनीहरुले समस्याग्रस्तबाट फूकुवा भएको छोटो समयमा नै संस्थाले खराब कर्जा असूलिमा उल्लेखनिय प्रगती गरेको, शाखा संजाल विस्तार गरेको, ललितपुर फाईनान्सलाई प्रप्ति गर्न सफल भएकोले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास बोकेको छ । हाल संस्थाले डिजिटल बैंकिङ्ग सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार पारिसकेको, आइपीएसको शुरुवात गरिसकेको र डेविट कार्ड पनि आगामी असारभित्रै संचालन गरिसक्ने गरी तयारी गरिसकेको, आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको संस्थाले जनाएको छ ।