काठमाडौँ – काठमाडौं उपत्यकाको खोप अभियान प्रभावकारी बनाएको भन्दै गुनासो परेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।


ADVERTISEMENT


प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौंको ग्रान्डी र अल नेपाल अस्पतालमा पुगेर अनुगमन गरेको हो । ६० देखि ६४ बर्ष उमेरसमूहका व्यक्तिहरुलाई खोप लगाउन सुरु गरिएपछि पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई पनि खोप दिएको उजुरी आएपनि अनुगमन गरिएको प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाले अनुगमनका क्रममा ६० देखि ६४ वर्ष उमेरसमूह बाहेकका व्यक्तिलाई खोप दिएको नपाइएको जिकिर गरे । त्यस्तै उनले खोप अभियानलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गरिने जानकारी दिए ।

सरकारले ६० देखि ६४ बर्ष उमेरसमूहका लागि खोप अभियान सञ्चालन गरेको हो । तर खोप सकिएको भन्दै काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित गरेको छ । उपत्यका अन्य नगरमा भने खोप कार्यक्रम जारी छ ।