काठमाडौँ – अटोमाइल व्यवसायीको छाता संगठन नेपाल नाडा अटोमोबाइल एशोसिएनले निषेधाज्ञा खुकुलो बनाउँदै जानुपर्ने बताएको छ । शनिवार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने बताएको छ ।


ADVERTISEMENT


सरकारबाट कोभिड १९ को दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा सरकारबाट हाल जारी निषेधाज्ञाले दुःख, पीडा र अभावका कारण सडकमा आउने सम्भावना बढेकाले निषेधाज्ञा खोल्नुपर्ने नाडाको भनाइ छ । नाडाका महासचिव सुनिल रिजालले सरकारले यथासीघ्र जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य शुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


विकट स्थिति आउनु अघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजानपर्ने उनले बताए ।