पोखरा– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा गठन भएको संयुक्त गठबन्धनको सरकार धेरै नटिक्ने ठोकुवा गरेका छन् ।


ADVERTISEMENT


आइतबार मुख्यमन्त्रीको सरकारी निवास छोड्नु अघि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री गुरुङले कुर्सीकै लागि गठबन्धन भएकाले कुर्सीमा कुरा नमिल्दा सरकार पनि ढल्ने दाबी गरेका हुन् । ‘कुर्सीका लागि पूर्व–पश्चिम, उत्तर–दक्षिणका सबै आएर मिलेका छन् ।’ उनले भने, ‘सत्ता र कुर्सी प्राप्तीका लागि गरिने गठबन्धन सत्ता र कुर्सीमा केही न केही तलमाथि हुनेबित्तकिै यसमा बिग्रह, झगडा सुरु भइहाल्छ । यो गठबन्धनको आयू लामो छैन’


ADVERTISEMENT

# # #


संघीयताको औचित्य पुष्टी गर्नका लागि प्रदेश सभा र प्रदेश सरकारहरुले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु पर्ने बताए । ‘स्थानीय सरकार त हामी तलमाथि गर्न पाउँदैनौँ, एउटा संवैधानिक प्रावधान छ । पहिलो कार्यकाल भएकाले प्रदेश सभा र प्रदेश सरकारहरु पनि पाँच वर्षको आफ्नो कार्यकाल पूरा गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो पृथ्वी सुब्बा गुरुङ।’ उनले भने, ‘हामीले पाँच वर्ष चलाउन सक्यौँ भने संघीयताको औचित्य पुष्टी हुन्छ ।

आफू संघीयताको पक्षधर रहेको र सरकार स्थिर रहनुपर्छ भन्ने मान्यताको भएकाको बताउँदै उनले पृथ्वी सुब्बाले प्रदेशसभा भंग गर्न लाग्यो भनेर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । उनले आफू अब केन्द्रीय राजनीतिमा केन्द्रित हुने र नेकपा एमालेभित्रका विवाद समाधान गर्दै पार्टी एकता कायम राख्नका लागि काम गर्ने बताए ।

उनले मुलुकको राजनीति जमिरहेको दहीमा कागती निचोरेर फालेकोजस्तो भएको उल्लेख गरे ।