श्रीलंकालाई टी-ट्वान्टीमा पनि पाकिस्तानले हराएको छ । तीन टी-ट्वान्टी अन्तर्गत पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै पाकिस्तानले आफ्नो विजयी यात्रा जारी राखेको हो । दुवईमा बिहीबार राति भएको खेलमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो । धनुष्का गुनथिलकाले १८ रन, सदिरा सामाराविक्रमाले २३ रन, सेक्कुग्गे प्रसन्नाले अविजित २३ रन बनाउनुबाहेक अन्य खेलाडीले खेल्न सकेनन् । श्रीलंकाका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


ADVERTISEMENT

# # #


श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा पाकिस्तानका हसन अलीले तीन विकेट लिए । यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिएका थिए ।

१०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि सोहेब मलिकले अविजित ४२ रन र मोहम्मद हाफिजले अविजित रहँदै २५ रन तथा अहमद सेहजादले २२ रन बनाए पछि १६ बल बाँकी छँदै लक्ष्य भेट्टायो । श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिएका थिए ।

यसअघि श्रीलंकासँगको पाँच एकदिवसीय क्रिकेट क्निस्विप गरेको पाकिस्तानले टी- ट्वाण्टीमा पनि विजयी शुरुवात गरेको हो। अब दुई वटा टी-ट्वाण्टी खेल बाँकी छ ।