मालीलाई ३–१ को गोल अन्तरले हराउँदै स्पेन १७ वर्ष मुनिको विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।


ADVERTISEMENT


मुम्बइको डिवाइ पाटिल स्टेडियममा बुधबार भएको खेलमा स्पेनीस टोलीका लागि बार्सिलोनाबाट खेल्ने अबेल रुइजले दुई गोल गरेका थिए। उनले खेलको १९ औँ मिनेट र ४३ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ७३ औँ मिनेटमा स्पेनका लागि फेरान टोरेसले तेस्रो गोल गर्दै जीत तर्फ टिमलाई अग्रसर बनाएका थिए। दोस्रो हाफमा स्पेनमाथि दबाब बनाउँदै मालीका लागि भने ७३ औँ मिनेटमा एन डियाएले सान्तवना गोल फर्काए।


ADVERTISEMENT

# # #


यस्तै बुधबारै कोलकत्ताको विवेकानन्द भारती युवा मैदानमा भएको खेलमा लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको ह्याट्रिकमा ब्राजिललाई इंग्ल्याण्डलले ३–१ को गोल अन्तरले हराएको हो । खेलको १० औं मिनेटमा ब्रिउस्टरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा ब्राजिलका वेस्लेले गोल गर्दै बराबरी गरेका थिए । खेलमा हाबी भए पनि ब्राजिलले गोल भने गर्न सकेन । पटकपटक आक्रमणको अवसर बनाए पनि ब्राजिल गोल गर्नबाट भने चुक्यो । इंग्ल्याण्डका लागि ब्रिउस्टरले ३९ औं र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए।

अघिल्लो संस्करणको यु १७ विश्वकपको उपविजेता टोली मालीले अब तेस्रो उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।फाइनल खेल स्पेन र इंग्ल्याण्डबीच शनिबार कलकत्ताको साल्ट लेक स्टेडियममा हुनेछ ।