सिरहा । सिरहाको मिर्चैयामा युवाहरुले रक्तदान कार्यक्रम गरेका छन् । स्थानीय जनसेवा युवा क्लबले शनिबार मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरेको हो ।


ADVERTISEMENT


यसक्रममा जम्मा २२ जनाले रक्तदान गरेको आयोजक क्लबले जनाएको छ । कोरोनाको कहरमा रगतको व्यापक अभाव देखिएको भन्दै न्यूनिकरणको उद्देश्यले रक्तदान कार्यक्रम आयोजन गरेको क्लबका मिर्चैया शाखा अध्यक्ष रोविन साहले बताए ।


ADVERTISEMENT

# # #


रक्तदान कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरध्वज आंगदेम्बे, क्लबका भगवपुरका अध्यक्ष प्रदीप यादव, मिर्चैया शाखा अध्यक्ष रोविन साह, संस्थापक सदस्य सुरेन्द्र यादव तथा प्रहरी लगायतको उपस्थिति रहेको थियो .