काठमाडौँ – अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अक्सिजनको सर्पोटमा उपचार गर्न थालिएको छ ।


ADVERTISEMENT


नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।


ADVERTISEMENT

# # #


उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ । यद्दपी उनको अवस्था भने सामान्य रहेको अस्पतालको भनाई छ । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको अस्पतालले जनाएको छ ।