काठमाडौँ – पूर्व माओवादी खेमाका पूर्व ४ मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीँग रुष्ट देखिएका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु साह सरकारसँग असन्तुष्ट देखिएका हुन् ।


ADVERTISEMENT


नयाँ सरकार गठनका क्रममा ओलीले पूर्वमाओवादीका प्रतिक्रियालाई गम्भीरताका साथ नलिएकाले एक नेताले बताए । उनकाअनुसार पूर्वगृहमन्त्री रहेका माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’ले श्रीमतीलाई मन्त्री बनाएको तर आफ्ना राजनीतिक सुझावहरुलाई सरकारले गम्भीरताका साथ नलिएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनीहरु बादललाई नेता नमान्ने पक्षमा रहेको देखिएको छ । बादलले प्रधानमन्त्रीसँग एक्लै डिल गरेको आरोप लगाउँदै उनले आफूहरु बादलको पक्षमा नरहेको बताए ।