काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई उपचारका लागि दिल्ली लगिने भएको छ ।


ADVERTISEMENT


कोभिड संक्रमणबाट निको भएर घर फर्किएको केही समयपछि पुनः उनको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य जटिल बन्दै गएपछि उपचारका लागि उनलाई आजै दिल्ली लग्न लागिएको हो ।


ADVERTISEMENT

# # #


दिल्लीस्थित एपोलो अस्पतालमा खनालको थप उपचार हुने जनाइएको छ । हाल उनलाई अक्सिजनको सर्पोटमा राखिएको छ ।