काठमाडौँ – अविरल रुपमा वर्षापछि बाढी पहिरोको कारण सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरो पीडितको उद्वारमा खटिन तरुण दलको परिपत्र गरेको छ ।


ADVERTISEMENT


तरुण दलले आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सदस्यलाई निर्देशनसहितको परिपत्र गरेको हो ।


ADVERTISEMENT

# # #


बाढी पहिरोले ठुलो जनधनको क्षति भएकोमा जल तथा मौसम विज्ञान विभागले केही दिन लगातार वर्षा हुने पूर्वानुमान गरेकोमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहेकाले सहयोगमा खटिन तरुण दलले निर्देशन दिएको हो ।

आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सदस्यलाई परिपत्र गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।

साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न तरुण दलले अपील गरेको छ ।