काठमाडौँ –जनतथा समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले सरकारमा सहभागी भएका महन्थ ठाकुर पक्षका ९ जना मन्त्रीहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोसहितका ९ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि यादव समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यस्तै बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई साथ दिँदै आएका चार प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।