काठमाडौँ – नेपाल प्रेस युनियनले आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्क्याएको भन्दै उनीमाथि कावाहीको माग गरेको छ । जनता टेलिभिजनमा कार्यरत शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोन गरेर अपशब्द प्रयोग गर्दै धम्क्याएको भन्दै युनियनले उनीमाथि कारवाहीको माग गरेका हुन् ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ति जारी गर्दै युनियनका काठमाडौँ शाखा सचिव अक्कल कुँवरले समाचारका विषयमा चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा उल्टै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रता विरोधी र आपराधिक काम भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘प्रसारित समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै समाचार प्रसारण गरेकै कारण पत्रकारलाई यस किसिमका धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी र अपराधिक काम भएको शाखाको ठहर छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्काल छानबिन गरी दोषीमाथी कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसंग नेपाल प्रेस युनियन काठमाडौ शाखा जोडदार माग गर्दछ ।’

यस्तै उनले घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल कारवाही गरी पत्रकारको सुरक्षा गर्न माग गरेका छन् । केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिटको घटना भएको थियो । सोही विषयमा जेठ ३ जनता टेलिभिजनको एउटा कार्यक्रममा उक्त समाचार सामग्री प्रशारण भएपछि शाहीले धम्क्याएको बुझिएको छ ।