किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ ।


ADVERTISEMENT


दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो ।


ADVERTISEMENT

# # #


भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए ।

अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुनः सञ्चालन भएको सूचना अधिकारी मोक्तानले बताए । मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिएपछि भोटखोलाको माक्पालुङको टावरमा लिङ्क नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उनले जनाएका छन् । रासस