काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले निस्वार्थ भावले बाढीपहिरो पीडितको समस्या समाधानमा केन्द्रीत हुन निर्देशन दिएका छन् । .


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आफु निकट अनेरास्ववियुलाई हेलम्बु बाढी पिडितका लागि राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेता नेपालले आफुहरु जनता र राष्ट्रका लागि समर्पित हुनुपर्ने भन्दै निस्वार्थ भावले बाढीपहिरो पिडितको समस्या समाधानमा केन्द्रीत हुन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अहिले सरकार र सरकारसंग जोडिएका व्यक्तिको व्यवहारमा जनताप्रतिको उत्तरदायि भाव नदेखिएको जिकिर गरे । त्यस्तै उनले अहिले सेवा भन्दा पनि प्रचारलाई केन्द्रबिन्दुमा राख्ने प्रवृति देखिएको बताए । नेता नेपालले बाढीपछि हेलम्बुको क्षतीग्रस्तबाटोलाई छिटो भन्दा छिटो मर्मत गरि नागरिकको जनजिवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेता नेपालले खाधान्न सामाग्री, स्वास्थ्य सामाग्री, पाल लगाएका सामाग्री हस्तान्तरण गरे । नेपाल पक्ष अखिलका महासचिव आरती लामाले हेलम्बुमा प्रयाप्त खाधान्न र स्वास्थ्य सामाग्री नपुगेको हुनाले आफुहरु त्यस क्षेत्रमा सहयोग गर्न लागेको बताइन् ।

अखिलले बाढी पहिरोबाट प्रभावित अन्य क्षेत्रमा पनि खटिने जनाएको छ ।