काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले अप्पर इङ्गवा जलविद्युत आयोजनालाई एकल रुपमा कर्जा प्रवाह भएको छ । सोमबार एक कार्यक्रमकाबीच बैँक र इङ्गवा जलविद्युत कम्पनीबीच सम्झौता भएको हो ।


ADVERTISEMENT


९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहने छ ।


ADVERTISEMENT

# # #


आयोजनामा कुल लागतको ७५% बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५% इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहने बैँकले जनाएको छ । आयोजना पूरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । नेपालको उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को विकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको बैँक अफ काठमाण्डूले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।