काठमाडौँ – नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९,००,००० कित्ता शेयर बिक्री गर्ने भएको छ ।


ADVERTISEMENT


संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु.१४० रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिहरुले २ गते देखि असार १६ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने आवेदन पेश गर्नुपर्ने बैँकले जनाएको छ ।

जसअनुसार इच्छुकले प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्नु पर्नेछ ।