काठमाडौँ – नेपाल विद्यार्थी संघले निषेधाज्ञाका कारण समस्यामा परेका विद्यार्थी र सर्वसाधारणहरुलाई राहत बितरण गरेको छ ।


ADVERTISEMENT


शुक्रबार नेविसंघ शंकरदेव क्याम्पसले विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएर बसेका विद्यार्थी र समस्यामा परेका सर्वसाधारणहरुका लागि खाधान्न सामाग्री वितरण गरेको हो । निषेधाज्ञाका कारण काठमाडौंमा बसेका विद्यार्थीहरुलाई दैनिक वीवनयापन गर्न निकै गाह्रो भएको भन्दै राहत वितरण गरिएको नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले विद्यार्थीहरुलाई राहत दिनका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको र समस्यामा परेका विद्यार्थीलाई राहत उपलव्ध गराइएको बताए । उनले दैनिक जिवनयापन सहज नभएसम्म विद्यार्थी लगाएत समस्यमा परेकालाई सहयोग गर्ने जनाए ।