काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा खोल्ने तयारी गरिएको छ । गत बैसाख १६ देखि शुरु निषेधाज्ञा पछिल्लो समय असार ७ गतेसम्मका लागि थपिएको थियो । थप गरिएको निषेधाज्ञा भोलि राति देखि सकिदैछ ।


ADVERTISEMENT


निषेधाज्ञाको थप निर्णय गर्न आज काठमाडौँका सीडीको बैठक बस्दैछ । पछिल्ला दिनमा कोरोना संक्रमणको दर घटेको देखिएकाले केही क्षेत्रमा प्रतिवन्ध यथावत राखेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको ललितपुरका सिडिओ ढुण्डी प्रसाद निरौलाले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी र भिडभाडका क्षेत्रबाहेक खोल्ने तयारी गरिएको छ । डान्सबार, क्लब, मन्दिर, भेला, सम्मेलनबाहेकका क्षेत्र खोल्ने तयारी गरिएको उनले बताए ।

सार्वजनिक यातायातका क्षेत्रलाई बन्दै राख्ने तयारी गरिएपनि ट्याक्सी सेवा भने खुला गर्ने तयारी गरिएको छ । यसैगरी काठमाडौँमा यसअघि नै बाक्लै निजी सवारी देखिन थालिसकेकोमा निजी सवारीलाई जोर बिजोरमा चलाउने तयारी गरिएको छ । यद्दपी, कुन क्षेत्र कसरी खोल्ने भन्ने निर्णय आजको बैठकले गर्ने सीडीओ निरौलाले बताए ।