काठमाडौँ – सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।


ADVERTISEMENT


सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने बताए । उनले भने, ‘यसरी लामो समयसम्म निषेधाज्ञा जारी गर्ने हो भने सार्वजनिक यातायातसँग सम्बन्धी व्यवसायी, कर्मचारी र श्रमिकको आर्थिक अवस्था कमजोर भई समग्र देशकै अर्थतन्त्रमा हसर पर्ने भएकाले सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गरिदिन माग गर्दछौँ ।’

कोरोनाविरुघ सँधै डराउने तर नलड्ने हो भने जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजी रोटी बन्द भई भोकमरी लाग्ने स्थिति आउन सक्ने उनले दाबी गरे । उनले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै दुविधा नराख्न पनि आग्रह गरे ।

ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अव कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गरे । उनले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसी लगाएत सम्बन्धी निकायमा कुरा राख्ने प्रतिवद्धता जनाए ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन् ।