काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको जनाएको छ ।


ADVERTISEMENT


आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले गत जेठ २६ गते आणुवंशिक (जिन सिक्यन्सिङ) का लागि भारतको नयाँ दिल्लीमा पठाइएको २७ वटा डेल्टा भेरियन्टमध्ये नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको हो ।


ADVERTISEMENT

# # #


देखा परेको भेरियन्टको नयाँ स्वरुपलाई ‘AY.1’ को नाम दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । उनका अनुसार, हालसम्म यस म्युटेसन नेपालसहित अन्य विभिन्न १० देशमा देखिएको छ ।

यी सहित नेपालमा varient of concern का रुपमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ ।

डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने भएकाले यसको रोकथाम एवम् नियन्त्रणका लागि प्रत्येक व्यक्ति सचेत रहि जिम्मेवारी बन्दै जनस्वास्थ्य मापदण्डको पालना गर्न/गराउन समेत मन्त्रालयले सर्वसाधारणलाई अपिल गरेको छ ।