काठमाडौँ – सुबिसुले नोकियासँगको सहकार्यमा ४०० जीबिपिएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ ।


ADVERTISEMENT


सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो । जसले बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय योगदान पुर्याउने छ । सागै सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सक्नेछन् । ४०० जीबिपिएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग (डीडब्ल्यूडीएम) दैशभर जडान गरिएको छ ।

विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन रहेको कम्पनीको दाबी छ । नोकियाको ४०० जीबिपिएस सिंगल फाइबर सोलुशनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई ‘सोलुशन कस्ट अप्टिमाइज’ गर्दै र अपरेशन शुल्क घटाउदै थप सबल बनाउन मद्दत गर्नेछ । साथै यसले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट ‘मल्टी–टेराबिट’ क्षमताको नेटवर्क सजिलै प्रदान गर्नेछ ।

सुबिसुका सीईओ बिनय मोहन साउदले नोकियाको उत्कृष्ट उत्पादन तथा सोलुशनहरूले सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको बताए । ‘नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं । यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र विक्रेता हो ।’ उनले भने, ‘यसको सोलुशनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकवर्गहरूलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं ।’

यस्तै भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावाले उद्योग–प्रमाणित १८३० पीएसएस सोलुशनले सुबिसुजस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको बताए । उनले भने, ‘सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न र परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुशी छौं साथै भविष्यमा हाम्रो साझेदारी यसरी नै सदैव कायम रहनेछ ।’

यस्तै नियोटेरिक नेपालका एम.डी संजय गोल्छाले नोकियाको साझेदार भएकोले नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्न सदैव प्रतिबद्ध रहेको बताए ।