हुम्ला– हिमाली क्षेत्रका वातावरण, वन्यजन्तु अध्ययन तथा संरक्षणमा सम्लग्न रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्भेसन अवार्ड २०२१ ’ प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जङ्गली चौँरी लगायत जनावर तथा वातावरण संरक्षणमा समुदायमा आधारित भएर अतुलनीय योगदान पु¥याए वापत् उहाँलाई सो पुरस्कार अर्पण गरिएको जनाइएको हो ।


ADVERTISEMENT

# # #


वातावरण तथा वन्यजन्तु संरक्षणको अभियान्ता समेत रहेका उनले सातवर्षदेखि सोहि क्षेत्रमा अध्ययन समेत गर्दै आएका छन् ।

‘अन्तरराष्ट्रिय प्रकृति संरक्षण’ विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले गत वर्ष विश्व वन्यजन्तु कोषद्वारा स्थापित ‘नेपाल कन्जर्भेसन अवार्ड’ प्राप्त गर्नुभएको थियो । नेपाल तर्फबाट लामा सहित विभिन्न देशका अन्य पाँचजना सो पुरस्कारमा छनौटमा परेको रालेक्सद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका उत्कृष्ट व्यक्तित्व छनौट गरी सो पुरस्कार अर्पण गर्दै आइएको विज्ञप्तिमा उल्लेख छ । ‘हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभियान र स्थानीय महिलाको सहभागिताका लागि लामाले विशेष काम गर्दै आइरहनुभएको छ’, विज्ञप्तिमा भनिएको छ । रासस