काठमाडौँ – सर्वोच्च अदालतले मन्त्रीपरिषद् विस्तार संविधान अनुकुल नरहेको भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेसँगै १७ जना मन्त्री र ३ जना राज्यमन्त्री पदमुक्त भएका छन् ।


ADVERTISEMENT


मन्त्री पद गुमाउनेमा उप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायत रहेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


जेठ ७ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए । यस्तै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीले जेठ २७ गते ७ मन्त्री र १ राज्यमन्त्री थप्दै मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिएका थिए ।

प्रतिनिधिसभा विघटनपश्चात काम चलाउ बनेकाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भन्दै सर्वोच्चमा अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता वीरेन्द्रप्रसाद साहले अलग अलगरुपमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरु:

१. रघुवीर महासेठ (उपप्रधान, परराष्ट्रमन्त्री)
२. राजेन्द्र महतो (तथा शहरी विकास मन्त्री)
३.  खगराज अधिकारी(गृहमन्त्री)
४. नैन कला थापा(सञ्चार तथा सूचनामन्त्री)
५. शेरबहादुर तामाङ (स्वास्थ्यमन्त्री)
६. शरतसिंह भण्डारी (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री)
७. अनिल झा (खानेपानी तथा सरसफाई मन्त्री)
८. लक्ष्मणलाल कर्ण (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री)
९. विमल श्रीवास्तव (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री)
१०.उमाशंकर अरगरिया (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)
११. चन्दा चौधरी (महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री)
१२. एकवाल मियाँ (युवा तथा खेलकुद मन्त्री)
१३. ज्वालाकुमारी साह (कृषि मन्त्री)
१४. नारदमुनि राना (वनमन्त्री)
१५.  राजकिशोर यादव (उद्योग मन्त्री)
१६. गणेश पहाडी (सामान्य प्रशासन मन्त्री)
१७. मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मन्त्री)
१८. आशा विक (वन राज्यमन्त्री)
१९. रेणुका गुरुङ (महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री)
२०. चन्द्र कान्त चौधरी (उर्जा राज्यमन्त्री)