काठमाडौँ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते २० वटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए ।

पक्राउ परेका अधिकारीसंग प्रहरीले ८ थान ल्यापटप बरामद गरेको छ । नियन्त्रणमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।